हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

 लिम्बुवान न्युज
                       

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ |

कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुती रहने छ।

कार्यक्रमको प्रमुख आकर्षणको रुपमा वरिष्ठ कलाकार, गीतकार, मुन्धुमका व्याख्याता यासेली योङहाङ रहनेछन्। त्यस्तै लेखक एवम् पूर्वमन्त्री श्रीप्रसाद जबेगु, साहित्यकार राजेन्द्र कुमार जबेगु, नरेन्द्र कुमार केरुङ, पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मी प्रसाद ढुंगाना र मुक्कुम्लुङ साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोक तुत्तुतुम्याहाङको रुपमा रहनेछन् ।

कार्यक्रममा दुई कार्यपत्र प्रस्तुत हुनेछन्। हिलिहाङका आख्यानकार मनु योङहाङले हिलिहाङको साहित्यिक इतिहास सम्बन्धी र सागर केरुङले लोक संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नेछन्।

त्यस्तै कार्यक्रममा दश अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन समेत हुनेछ। उदयीमान गायिका, हिलिहाङकी छोरी दीपा सुहाङसँगै दिनेश सुहाङको साँगीतिक प्रस्तुतीले कार्यक्रममा थप रौनक थप्ने आयोजकले जनाएको छ।

कार्यक्रमले साहित्यिक, साँस्कृतिक उत्थानमा टेवा पुर्याउनुका साथै लिम्बुवानमा सबैभन्दा अन्तिम समयसम्म अस्तित्वमा रहेका राजा हिलिहाङको दरबार परिषरको पर्यटन प्रबर्द्धन र हिलिहाङबारे थप खोज–अनुसन्धानमा समेत सहयोग पुग्ने आयोजक समितिका सचिव सुर्य योङहाङले बताए |

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...