
२०४७ साल बैशाख २३ गत्ते नेपालमा – आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा – नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो ।
(क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन प्रणालीको अन्त्य र संघात्मक शासन प्रणाली ( संघीय शासन ब्यवस्था) को स्थापना साथै सेना ,परराष्ट्र ,मुद्रा र खर खजना तथा संबेदनसिल ठुला उद्योगहरु खोल्ने बाहेक सबै अधिकारहरु प्रदेश र मातहतका निकायहरुलाइ दिन पर्छ ।
२. जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व ,
३. पुर्ण समानुपातिक निर्वाचन प्रणाली
४. धर्म निरपेक्षता
५. बृद्ध ,बेरोजगार भत्ता,भ्रष्टाचारको अन्त्य जस्ता थुप्रै महत्त्वपूर्ण मुद्दाहरु उठाएको थियो । सारमा दमन ,शोषण , उत्पिड्न र राज्य शत्ताबाट पाखा पारिएका समुदायहरु मुक्तिका लागि जातीय मुक्ति प्रधान हो भन्ने यो पार्टीको लाइन थियो र छ ।
(ख) २०४८ साल माघ ६ गत्तेका दिन नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा र डा . खगेन्द्रजङ्ग गुरुङज्युको नेतृत्वमा रहेको -राष्ट्रिय जनजाति पार्टी ( जन पार्टी ) बिच एकता भै राष्ट्रिय जनमुक्ति पार्टी नाम रहन गयो ।
(ग) २०५२ सालमा राष्ट्रिय जनमुक्ति पार्टीका तत्कालीन संगठन सचिव -कमल छाराहाङ् ( स्व.)ले -जनमुक्ति पार्टी नेपाल नामक निर्वाचन आयोगमा दर्ता गरि पार्टी बिभाजन गर्नु भएको थियो ।उहाँको चुनाव चिन्ह भरेङ थियो ।
( घ ) २०६० सालमा राष्ट्रिय जनमुक्ति पार्टीका तत्कालीन पार्टी महासचिव तथा मन्त्री – गोरे बहादुर खपाङ्गी मगर आफू मन्त्री पदबाट बहिर्गमन पश्चात् राष्ट्रिय जनमुक्ति पार्टी( प्रजातान्त्रिक ) गठन गरि पार्टी बिभाजन गर्नु भयो । फेरि २०६५ सालमा पार्टी एकतामा आउनु भयो तर २०६७ सालमा भएको पार्टीको चौथो महाधिवेशनमा अध्यक्ष पदमा MS thapa magar ज्युसंग पराजित भए पछि पुन लिवरल डेमोक्रेटीक पार्टी ( LDP ) नामक पार्टी गठन गरि निर्वाचन आयोगमा दर्ता गराउनु भयो ।उहाँ स्वर्गीय भै सक्नु भएकोले उक्त पार्टीको अध्यक्ष – गणेश बल तामाङ हुनुहुन्छ ।
(ङ) पार्टीको समानुपातिक भोटबाट संबिधान सभा सदस्य बन्नु भएका पार्टी उपाध्यक्ष – शिवलाल थापा मगरले २०७२ सालमा राष्ट्रिय जनमुक्ति पार्टी (प्रजातान्त्रिक ) नामक पार्टी निर्वाचन आयोगमा दर्ता गरि पार्टी बिभाजन गर्नु भयो ।
(च) २०८० साल मंसिर १९ गत्तेका दिन राष्ट्रिय जनमुक्ति पार्टी , संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति (लोसपा) बिच एकताको लागि ३ बुदे सहमति भएको थियो ।सहमतिमा मैले र केशव जि दुबै जनाले हस्ताक्षर गरेका थियौं । उक्त सहमतिको बुदामा केशव जिको प्रस्ताव अनुसार पार्टीको नाम राष्ट्रियको ठाउमा नेपाल राखौं र झण्डामा भएको सुर उदाएको होकि अस्ताएको हो? भन्ने प्रष्ट नभएकोले सुर्यमा कोणहरु थपौ भन्ने उहाकै प्रस्तावमा सहमति भएको हो ! बिधान सभाको अधिवेशन गरि कार्यान्वयन गर्ने सहमति अनुसार नै बिधान सभाबाट पारित गरि निर्वाचन आयोगमा अध्यावधी गरिएको हो । निर्वाचन आयोगमा अध्यावधी गरि सके पछि केशव जिले बिबद शृजन गर्नु भयो ,निर्वाचन आयोगमा मेरो विरुद्ध मुद्दा हाल्नु भयो । मैले हारजित बाट कसैलाई फाइदा हुदैन ,तपाईलाई अध्यक्ष पद नै चाहिएको होला महाधिवेशन गरौं तपाईलाई छोडी दिन्छु भने र पार्टी संरक्षक ज्युले पनि भन्नू भयो तर उहाँ मेलमिलापको लागि मान्नु भएन ।उहाँ र मैले उहाँकै आग्रहमा निर्वाचन आयोग ब माइन्युट बुकमा निर्वाचन आयोगको फैसला जे हुन्छ त्यस्लाइ दुबै जनाले स्वीकार गर्ने हो हारे पनि छुट्टै पार्टी नबनाउने ,पार्टी नफुटाउने भनी दुबै जनाले सहि गरेका छौ ।
हिजोको प्रतिबद्धता बिपरित ,तीन बुदे सहमतिको मर्म बिपरित उहाले नाम मात्र राष्ट्रिय जनमुक्ति पार्टी ,छुट्टै झण्डा ,छुट्टै चुनाव चिन्ह राखेर पुन निर्वाचन आयोगमा नया दर्ता गरि पार्टी बिभाजन गर्नु भयो ।
यो जनमुक्ति पार्टी इतिहास र पार्टी पङ्तिमा रहनेहरु ,एकता चाहनेहरु जनमुक्ति बिचारधारामा लामबद्ध हुनेहरुका लागि अपुरणिय क्षती भएको छ ।
पार्टीमा फरक मतहरु रहन सक्छ !सम्वाद र सहमति बाट टुङ्ग्याउन सकिन्छ भन्ने लाग्छ ।अब एकताको महाधिवेशन गरेर पुनरमिलन गर्न सकिन्छ ।
पार्टी बिभाजन गर्ने ,गराउनेहरुसंग मेरो कुनै पुर्वाग्रह छैन ,रहने पनि छैन ।
आदरणीय राजनैतिक गुरु पार्टी पिता, नेपाल जनमुक्ति पार्टीका संरक्षक – एम एस थापा मगर ज्युको संरक्षकत्वमा जनमुक्ति बिचारधारालाइ धाराप्रवाह बगाइ रहने र पार्टीलाई जिवित अनि बलशाली बनाउने मेरो भरपुर प्रयास गर्नेछु ।
जनमुक्ति पार्टीबाट प्रशिक्षित साथीहरू आज कुन पार्टीमा छैनन र ?उनिहरु र अन्य राजनीतिक दलहरुका साथीहरूले पनि जनमुक्ति पार्टीले उठाएको बिचार र मुद्धाहरुलाई आत्मसाथ गरिरहेको नै देखिन्छ ! यश अर्थमा जनमुक्ति पार्टीको जनमुक्ति बिचारधारा – आफैमा विश्व बिद्यालय हो ।
वहाँ नेपाल जनमुक्ति पार्टीको अध्यक्ष हुनुहुन्छ