नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

,   लिम्बुवान न्युज
                       

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको छ ।

२१ सदस्य नयाँ समितिको सस्थापक अध्यक्ष तथा बरिस्ठ नेतामा घनेन्द्र बहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ  ।

यस्तै समितिको बरिस्ठ उपाध्यक्ष बलबहादुर पुर्वछाने, उपाध्यक्षहरुमा अनिता तण्ढुकार र सुरेश खड्गी, महासचिव डिल्लिराम मिभक (तेन्धङ), उपमहासचिव नवराज घिमिरे, सचिव ओ म नारायण एल्वातर धामी, सह-सचिव सर्वराज थापा र कोषाध्यक्षमा रेनु तण्डुकार चयन भएका छन् !

यसरी नै भेलाले केन्द्रिय सदस्यहरुमा हितबहादुर क्याछाकी, सविना पाठक, अनिता घर्ती मगर, माया तुम्बापो, शुसिला रायमाझी, अप्सरा बानिया, किरण सुनुवार, मकर केरुङ, झमक बानिया, उमेश मानन्धर र राजेश कोराला रहेका छन् ।

पार्टीको उक्त सभाले पार्टीको विधान २०८२, नियामावली घोषणापत्र संसोधन गरि पारित गरेको छ ।

साथै आगामी फाल्गुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा समेत दल अध्यावधिक गरिने नवगठित समितिका महासचिव मिभकले लिम्बुवान खबरलाई बताउनु भयो ।

महासचिव मिभकले विचार मिल्ने दलहरुसङ्ग चुनावी मोर्चा तथा गठबन्धन तथा एकीकरण लगायतका कार्य गर्न पार्टीले बाटो खुल्ला राख्ने बताउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य राजकुमार नाल्बोले नवगठित समितिलाई बधाई तथा शुभकामना मन्तब्य राख्नु भएको थियो ।

 

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;