धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

 लिम्बुवान न्युज
                       

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |

विहिबार धरानमा याक्थुङ् फिल्म्सद्वारा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक रनवीर लिम्बू ‘रवि सेर्मा’ले जानकारी दिएको हो |

याक्थुङ् फिल्म्सद्वारा निर्मित चलचित्र ‘मिम्लेन् फूङ्’ प्रेम, पीडा, सामाजिक कुसंस्कार, आत्म-जागरणको यात्रा, युद्धमा श्रीमान गुमाएकी विधुवाले समाजको हेला, औपनिवेशिक मूल्य–मान्यतासँग जुध्दै, आफ्नो प्रेम र व्यक्तिगत स्वतन्त्रताबीच उभिएर अन्ततः नयाँ पहिचान दिने साहसिक कथामाथि निर्माण गरिएको बताइएको छ |

ताप्लेजुङको बोखिम, कुन्जारी, वरक्पा, काँडे भन्ज्याङ, हेन्छेबुङ, फावाखोला लगायत ऐतिहासिक एवम् रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्रमा कथा/पटकथा/संवाद आशराज बोखिम, निर्देशन रनवीर लिम्बू (रवी सेर्मा), निर्माता आशराज बोखिम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, हरिमाया मादेन, क्यामरा सुमन तामाङ, सम्पादन अनिल कुमार महर्जन, गीत सुवर्ण नेम्बाङ, नेत्र प्रसाद बोखिम, संगीत आशराज बोखिम, स्वर मनु नेम्बाङ, आशराज बोखिम, व्याकराउण्ड म्युजिक अशोक राई, साउण्ड इन्जिनियर मिन विष्ट रहेका छन् भने हरिमाया मादेन, जीवन केदेम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, रेन्सा खेवा लिम्बू, कमिता तुम्बापो, नेत्र बोखिम, मैना बोखिम खोयाहाङ लगायतले अभिनय गरेका छन् |

दुइदशक अघि ‘क्येबा कोक्मा’ जस्ता लोकप्रीय चलचित्र निर्माण गरेका सेर्माका दुइ चलचित्रहरु ‘सेमीफूङ्’ र ‘मिम्लेन् फूङ्’ प्रदर्शनमा आइसकेको छ |

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...