लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

,   लिम्बुवान न्युज
                       

  • अजित धिमाल

बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो ।
२०३२ सालमा भाङ्बारीकाे एउटा घरबाट सुरु भएको लक्ष्मी उच्च माध्यमिक विद्यालयले अर्धशताब्दी प्रवेशसँगै विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलापसहित महोत्सवको तयारीमा जुटेको हो ।


विद्यालय प्राङ्गणमा बुधबार आयाेजित पत्रकार सम्मेलनमा साे बारे जानकारी गराएकाे हाे । “गुणस्तर विकासमा एक मत सिप सहितको शिक्षाका लागि स्वर्ण महोत्सव” भन्ने मुल नाराका साथ मंसिर १९ देखि २१ गते सम्म ३ दिन विभिन्न कार्यक्रमका साथ विद्यालयले स्वर्ण महाेत्सव मनाउन लागेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेविन्द भण्डारीले जानकारी दिनुभयाे ।

स्वर्ण महाेत्सवकाे अवसरमा विद्यालयलाई विभिन्न किसिमले सहयाेग पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गरिने समेत तय भएकाे विद्यालयका प्रधानध्यापक तुलसीराम खरेलले जानकारी दिनु भयाे ।

विद्यालयकाे हालकाे अवस्था सम्म ल्याउन बेलबारीका स्थानियवासी, पुर्व विद्यार्थीहरुकाे अतुलनिय सहयाेग रहेकाेमा आभार व्यक्त गर्दै स्वर्ण महाेत्सव आयाेजक समितिका आर्थिक संयाेजक शिवकुमार राईले अझ सहयाेगकाे अपिल समेत गरेका छन् ।

सम्बन्धित समाचार

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

;