मिक्सन मिभक मञ्चको मोरङ अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       

दमक,५ पुस । मोरङका शसक्त पहिचानवादी युवा नेता मिक्सन मिभक संघीय लिम्बुवान प्रान्तीय मञ्च मोरङको छैटौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन् !

मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले मिभकको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित समितिमा रामकुमार खुदाङ वरिष्ठ उपाध्यक्ष, शेरबहादुर तुम्बाहाम्फे, जीतबहादुर लिम्बू र राजेश हुक्पा चोङबा उपाध्यक्ष, अशोककुमार नाल्बो सचिव, खिलबहादुर खड्का सह–सचिव तथा चन्द्र पालुङवा कोषाध्यक्षमा चयन भएका छन्।

मञ्चका अध्यक्ष कुमार लिङ्देनको उपस्थितिमा सम्पन्न कार्यक्रममा पार्टीका प्रदेश तथा केन्द्रीय तहका नेताहरू, प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनमा सांगठनिक प्रतिवेदन, भावी कार्यदिशा, सदस्य विस्तार तथा स्थानीय राजनीतिक मुद्दाहरूमाथि छलफल गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;