दमकमा राष्ट्रियस्तरको ब्याटमिन्टन खेल हुँदै

,   लिम्बुवान न्युज
                       

दमक, ५ पुस /झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।बुधबार नमूना कवडहलमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता बारे जानकारी गराएको हो ।

दमक ७ मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ र १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको छ ।

दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा ७ विधाका खेल हुने र ४ सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको छ ।

प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबल, खुल्ला महिला डबल,प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल र प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला गरी सात विधाका खेल रहेको छ ।

प्रतियोगिताको पुरस्कार राशि जम्मा ६ लाख ६५ हजार रहेको छ । खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार र तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार र ३१ हजार पाउनेछन् । यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार र २१ हजार रहेको छ । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला खेलमा १० हजार, ६ हजार र ६ हजार पुरस्कार रहेको छ ।

 

प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको छ । आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ ।

राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् ।खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ ।

सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ ।खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;