निर्वाचन आयोगको निष्कर्षः चुनाव तोकिएकै मितिमा हुन्छ

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ पुष । निर्वाचन आयोगले आगामी फाल्गुन २१ मा तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनेको निष्कर्ष निकालेको छ । सोही अनुरुप आयोगले काम अगाडि बढाएको आयोगका सहसचिव एव्म प्रबक्ता नारायण प्रसाद भट्टराईले बताए ।
शुक्रबार आयोगले चुनावसँग सम्बन्धित सूचना दिन ईआइएडीसी स्थापना गरेको छ । ईआइएडीसीको स्थापनाको जानकारी दिन आयोगले कार्यालयमा विशेष कार्यक्रम गरेको छ ।
सहसचिव भट्टराईले भने, ‘निर्वाचनको लागि अनुकुल वातावरण बनेको आयोगको निष्कर्ष रहेको छ ।’

चुनावको लागि अनुकुल वातावरण बनेको, निर्वाचनमा भाग लिने दलको संख्या बढेको, मतदाताको संख्या बढेको, मतदान स्थल र मतदान केन्द्रको संख्या वृद्धि भएको र निर्वाचनमा पर्यवेक्षण गर्ने सस्थाहरु बढेको प्रवक्ता भट्टराईले वताए ।
सहसचिव भट्टराईका अनुसार २०७९ को चुनावमा भन्दा आगामी चुनावमा १० लाख बढी मतदाता थपिएका छन् । अघिल्लो चुनावमा ८७ दलले भाग लिएका थिए । आगामी चुनावमा ११४ दलले सहभागीता जनाउने जानकारी आयोगलाई दिएका छन् ।
प्रवक्ता भट्टराईले समानुपातिक तर्फको निर्वाचन कार्यलय स्थापना भइसकेको बताउँदै सरकारले बजेट समेत विनियोजन गरिसकेको स्पष्ट पारे । यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्यतालिका आयोगले सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...