उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

,   लिम्बुवान न्युज
                       

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो ।

पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमबाट प्रवक्तामा अमृत तामाङ चयन भएका छन् । सदस्यहरुमा क्रमश देव कुमार जवेगु, कुमार फत्र, दोर्जे मोक्तान, चतुरमान फियाक लिम्बु, रणध्वज खाम्दाक, हरि गुरुङ, फूल कुमारी सेर्मा, विमला राना मगर, कालिका राना मगर छन् ।

यसरी नै अन्य सदस्यहरुमा रुद्र ढुंगाना, तुलसी भट्टराई, अम्बर लिङदेन, गोपाल राई,नगेन्द्र थेगिम, राजेन्द्र थेवे, श्याम एक्तेन, शेरबहादुर लोक्ताम, निर्मला चेम्जोङ, कविता खाम्दाक, सरस्वती सानु एक्तेन, विश्वनाथ ढकाल, विक्रम लेग्गुवा, अमृत प्रधान, पहलमान तामाङ, धनबहादुर लिम्बु, सोनाम तामाङ र राजेन्द्र फागो रहेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य डकेन्द्र सिंह थेगिम, प्रदेश नं. १ का अध्यक्ष एवीराज आङदेम्बे, प्रदेश सदस्यहरु टुपेन्द्र एक्तेन, कुमार साम्यु लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;