उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

 लिम्बुवान न्युज
                       


ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति बनेको हो ।
कार्यक्रमबाट जिल्ला सह–संयोजकमाहरुमा पूर्णबहादुर पालुङवा, लोकेन्द्र तुम्बाहाम्फेलाई जिम्मेवारी दिइएको छ भने प्रवक्तामा अशोक मादेन चयन भएका छन् । यसरी नै जिल्ला सदस्यहरुमा कर्ण बहादुर पालुङवा, ग्रिस्मा सामेखाम, विरेन तबेबुङ, सुरेश आवाजुङ, राजु थाम्सुहाङ, दिपेश मादेन, छिरिङ शेर्पा, टेक बहादुर तामाङ, दिपक गुरुङ, केदार जङ ताप्मादेन, मिना तामाङ, मिना हाङगाम, निशा मादेन, प्रकाश तबेवुङ, अनुसा साँवा, मञ्जिता लिम्बु, अशोक विक, विमला दाहाल, यादव कटुवाल, सन्तोष पतङवा, ललितथलङ, कमला पालुङवा, भिम तवेवुङ, दिवस थलङ र असिम सेन्दाङ चयन भएका छन् ।
जिल्ला महिला सम्पर्क व्यक्तिमा नरकुमारी नाल्बो र युवा सम्पर्क व्यक्तिहरुमा सरगम शेर्पा, लाजरस अन्छङ्बो र लिला पालुङ्वालाई तोकिएको छ ।
शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि लावतीले निर्वाचित समितिका नेताहरुलाई खदा लगाई स्वागत गरेका थिए भने उज्यालो नेपाल पार्टी बारे स्पष्ट पारेका थिए । यसरी उक्त कार्यक्रममा प्रदेश नं. १ तदर्थ समितिका अध्यक्ष बिराज आङ्देम्बे विशिष्ट आतिथ्यता रहेको थियो भने प्रदेश सदस्यहरु किर्तिमान मादेन, सरोज कङ्लिवा र काठमाडौं सम्पर्क समिति सदस्य युवराज गुरुङ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...