किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

,   लिम्बुवान न्युज
                       

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ ।
आयोजक समितिले जनाए अनुसार अधिवेशनलाई भव्य र सांस्कृतिक रूपमा सम्पन्न गर्ने तयारी गरिएको बताइएकाे छ। अधिवेशनको उद्घाटन तथा विभिन्न सत्रहरूमा जातीय नृत्यसहित लिम्बू समुदायको पहिचान झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। यसले लिम्बू समुदायको भाषा, संस्कृति र पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
तेस्रो अधिवेशनको मुख्य एजेन्डाका रूपमा हालको कोशी प्रदेश नामको विरोध गर्दै लिम्बुवान प्रदेश स्थापना गर्नुपर्ने मागलाई अघि सारिएको छ।
किरात याक्थुङ चुम्लुङले प्रदेश पुनर्संरचनाका क्रममा ऐतिहासिक पहिचान, भूगोल र मौलिक अधिकारलाई बेवास्ता गरिएको भन्दै कोशी प्रदेश नामप्रति विगतदेखि नै असहमति जनाउँदै आएको छ।
आयोजकका अनुसार लिम्बू समुदायको ऐतिहासिक भूमि र पहिचानसँग जोडिएको लिम्बुवान नामलाई राज्यले स्वीकार गर्नुपर्ने माग अधिवेशनबाट पुनः जोडदार रूपमा उठाउने बताइएकाे छ । यसका साथै, प्रदेश नामकरणसँग सम्बन्धित आन्दोलनलाई थप सशक्त बनाउने रणनीति, भावी कार्यक्रम र संगठनात्मक सुदृढीकरणका विषयमा पनि अधिवेशनमा विस्तृत छलफल हुने बताइएको छ।
अधिवेशनमा प्रदेश १ का नाै जिल्लाबाट प्रतिनिधिहरू, संघीय सदस्यहरू, राष्ट्रिय चुम्लुङ सदस्यहरू, प्रदेश समितिका पदाधिकारी, प्रतिनिधि, सदस्यहरू तथा लिम्बू समुदायका अगुवा व्यक्तित्वहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।
तेस्रो अधिवेशनले लिम्बुवान प्रदेशको मागलाई राष्ट्रिय तहमा पुनः उजागर गर्दै समुदायको अधिकार, पहिचान र आत्मसम्मानका लागि महत्वपूर्ण निर्णयहरू गर्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;