
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ ।
शुक्रबार साझ कियाचु धरानको भवनमा बसेको प्रदेशको अन्तिम बैठकले अधिवेशनको सम्पुर्ण तयारी पुराभएको मुख्यसचिव नरेन्द्र केरुङले बताए ।
खुल्लासत्र सास्कृतिक कार्यक्रम केलाङ यालाङ सहित हुने कार्यक्रममा ९ जिल्लाबाट करिव १५० प्रतिनिधि सहभागी हुने उनले बताए ।
मञ्च ब्यबस्थापन, खाना आवास, आर्थिक ब्यबस्थापन, प्रतिनिधि कार्ड ब्यस्थापन स्वयंसेवक ब्याबस्थापन लदाय सबै पूरा भएको केरुङले लिम्बुवान खबरलाई बताउनु भयो ।
अधिवेशनले नयाँ अध्यक्ष को बन्ने भन्ने हाल सम्म कुनै जानकारी दिएको छैन । प्रदेश समिती कार्यकारी नभएको भन्दै इच्छुकहरु पनि खासै महत्त्व नदिए पनि मुख्यसचिव केरुङको अध्यक्षमा दावी रहेको श्रोतको दावी रहेको छ ।