उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

 लिम्बुवान न्युज
                       

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।
यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् ।
दुई जना पार्टीको केन्द्रीय सदस्य हुन् भने एक जना प्रस्ताविक केन्द्रीय सदस्य हुन् । बुधबार (आज) तीन जनाले संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजिनाम दिएका हुन् ।
कुलमान घिसिंङले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिको संयोजक थिए । गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीमा थिए ।
उज्यालो नेपाल र परिवर्तन पार्टीवीच एकतापछि डकेन्द्रसिंह थेगिमको नाम आदिबासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उमेद्वार थिए ।
उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर, विचार, विधि, प्रक्रिया अस्पष्ट, पहिचानसम्बन्धी एजेन्डा लिखित रुपमा नभएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी परित्यागपछि आफूहरु स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उल्लेख छ । डकेन्द्रसिंह थेगिम इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा प्रत्यक्ष उमेद्वार उठ्दा झण्डै १२ हजार मत ल्याएका थिए ।
उक्त निर्वाचनमा धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङ राईले पनि सघाएका थिए । यद्यपि उज्यालो पार्टी गठन गर्दा डकेन्द्रसिंह थेगिम सो पार्टीको केन्द्रीय सदस्य बनेपछि हर्क साम्पाङ राईले ब्याङ्यात्मक टिप्पनी गर्दै श्रम संस्कृति पार्टीमा आउन आग्रह गरेका थिए ।
कुलमान घिसिङले पार्टी गठन गरेपछि रास्वपासँग एकतापछि विभाजनहुँदा केही नेताहरु रास्वपामै रहेर पहिलो धक्का पाएका थिए । पूर्वमा स्थापित ३ नेताले पार्टी परित्याग गर्दा कुलमान घिसिङ र सो पार्टीलाई अर्को धक्का लागेको छ । तीन नेताहरुसँगै प्रदेश सदस्यदेखि समर्थकहरुले समेत उज्यालो पार्टी नेपाल छाड्ने तयारी रहेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...