उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

 लिम्बुवान न्युज
                       

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।
यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् ।
दुई जना पार्टीको केन्द्रीय सदस्य हुन् भने एक जना प्रस्ताविक केन्द्रीय सदस्य हुन् । बुधबार (आज) तीन जनाले संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजिनाम दिएका हुन् ।
कुलमान घिसिंङले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिको संयोजक थिए । गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीमा थिए ।
उज्यालो नेपाल र परिवर्तन पार्टीवीच एकतापछि डकेन्द्रसिंह थेगिमको नाम आदिबासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उमेद्वार थिए ।
उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर, विचार, विधि, प्रक्रिया अस्पष्ट, पहिचानसम्बन्धी एजेन्डा लिखित रुपमा नभएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी परित्यागपछि आफूहरु स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उल्लेख छ । डकेन्द्रसिंह थेगिम इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा प्रत्यक्ष उमेद्वार उठ्दा झण्डै १२ हजार मत ल्याएका थिए ।
उक्त निर्वाचनमा धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङ राईले पनि सघाएका थिए । यद्यपि उज्यालो पार्टी गठन गर्दा डकेन्द्रसिंह थेगिम सो पार्टीको केन्द्रीय सदस्य बनेपछि हर्क साम्पाङ राईले ब्याङ्यात्मक टिप्पनी गर्दै श्रम संस्कृति पार्टीमा आउन आग्रह गरेका थिए ।
कुलमान घिसिङले पार्टी गठन गरेपछि रास्वपासँग एकतापछि विभाजनहुँदा केही नेताहरु रास्वपामै रहेर पहिलो धक्का पाएका थिए । पूर्वमा स्थापित ३ नेताले पार्टी परित्याग गर्दा कुलमान घिसिङ र सो पार्टीलाई अर्को धक्का लागेको छ । तीन नेताहरुसँगै प्रदेश सदस्यदेखि समर्थकहरुले समेत उज्यालो पार्टी नेपाल छाड्ने तयारी रहेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...