मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

 लिम्बुवान न्युज
                       

 

दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिले कोणसभा गरेर कार्यक्रम घोषणा गरेको हो ।
संयुक्त संघर्ष समिति तथा अन्तरदलीय समितिले मुक्कुमलुङमा बन्न लागेको केवलकारले याक्थुङहरुको मुन्धुमी आस्थाको धरोहरमाथि ठाडो प्रहार भएको बताउँदै बर्षौदेखी आन्दोलनरत छन् । गत बर्ष माघ १२ गते संघर्ष समितिका कार्यकर्ताहरुमाथि गोली प्रहार गरी घाइते बनाइएको बर्षदिनको अवसर पारेर सोमबार कार्यक्रम सार्वजनिक गर्दै थप संघर्षका कार्यक्रमहरु अगाडि बढाउने केवलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताउनु भयो ।
सोमबार ताप्लेजुङबजार, पान्थरको फेदेन, इलाम बजार, झापाको विर्तामोड र दमक, मोरङको पथरी, सुनसरीको धरान, धनकुटा बजार, तेह्रथुममो मेयङलुङ लगायत स्थानमा संघर्ष समितिले कोणसभा गर्दै सरकारलाई खबरदारी गरेको छ ।
केवलकार निर्माण नारोकिए थप आन्दोलन शसक्त बनाउने उनीहरुले चेतावनी दिएका छन् । संघर्ष समितिले चरणबद्ध कार्यक्रम गर्ने, कान्छीथान देखी मुक्कुमलुङसम्म धागो टाङ्गने कार्यक्रमका साथै १७ गते बृहत जनसहभागितामा ताप्लेजुङमा सभा गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;