मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

 लिम्बुवान न्युज
                       

विरोध प्रदर्शनलाई किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष तथा पहिचानवादी नेता डकेन्द्र सिं थेगिम, गायिका झुमा लिम्बू, संयुक्त संघर्ष समितिका संयोज्क खगेन्द्र फेम्बु लिम्बूलगायतले सम्बोधन गरेका थिए । उनीहरुले मुन्धुमी स्थलमा केबलकार बन्न नहुने र आफूहरुले कुनै पनि हालतमा बन्न नदिने अडान दोहोर्‍याएका छन् ।

सदरमुकामको प्रवेशद्वार तोक्मेडाँडाबाट सुरु भएको र्‍याली दोबाटो, पुरानो कोप्चे, वीरेन्द्रचोक, पुरानो बैंक लाइन हुँदै फेरि तोक्मेडाँडाको फाल्गुनन्द चोकमा आएर कोणसभामा परिणत भएको थियो । तोक्मे क्षेत्रमा विरोध स्वरुप भित्तेलेखन पनि गरिएको छ ।

निर्वाचन आचारसंहिता समेतलाई दृष्टिगत गरी आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरेको संयुक्त संघर्ष समितिका संयोजक फेम्बुले बताए । लिम्बू याक्थुङहको पचिचान मुन्धुमिस्थलमा केबलकार खारेजी आफूहरुको प्रमुख माग रहेको उनले दोहोर्‍याएका छन् ।

यसैगरी आज आन्दोलनरत समूहले यसअघि मुक्कुमलुङ संरक्षण आन्दोलनक्रममा भएका घाइतेहरु र पक्राउ परि जेल बसेकाहरुलाई सम्मान सम्मान गरेको छ । दर्जनौं घाइते भएका दिए भने आन्दोलनमा तीन दर्जन बढी पक्राउ परेका थिए । राज्यले अहिले पनि मुद्दा लगाइरहेको संयोजक फेम्बुले बताए ।

यसैगरी आइतबार मुक्कुम्लुङ क्षेत्रमा कान्छीथान देखि माथी धागो टाग्ने कार्यक्रम रहेको जनाएका छन् । प्रदर्शनका क्रममा हुन सक्ने गतिविधिलाई दृष्टिगत गरी प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य संख्यामा परिचालन गरेको छ भने सेना समेतको संयुक्त गस्ती सदरमुकाम क्षेत्रमा गराएको छ ।

यश अघि गत माघ १२  र १३ गते पूर्वी नेपालका विभिन्न जिल्ला र मुख्य सहरमा कोणसभा गरेका थिए ।

यसरी नै १९ गते मुक्कुमलुङ क्षेत्रमा प्रदर्शन र कोणसभा गर्ने तथा २० गतेदेखि माघ मसान्तसम्म पाथीभरा केबलकार र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणका क्रममा भएको आन्दोलनमा लगाइएका मुद्दा खारेजी माग गर्दै आन्दोलन गर्ने बताइएको छ ।

यस्तै आगामी फाल्गुन २१ गतेको मुख्य चुनावी एजेन्डा मुक्कुमलुङमा नोकेवलकार लिएर आउनेलाई मात्र भोट दिन गाउँबस्ती अभियान चलाउने उल्लेख बताइएको छ ।

तस्बिरहरु: संजालबाट साभार

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...