माङेबुङ गाउँपालिका उपाध्यक्ष नेम्बाङ जसपा त्यागेर एमालेमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक, ६ फाल्गुन। इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ जनता समाजवादी पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका छन् ।

मङ्गलबार इलामको माङसेबुङ गाउँपालिका-६ चिसोपानी पञ्चमी बजारस्थित एमालेको चुनावी भेटघाट कार्यक्रममा नेम्बाङ एमाले प्रवेश गरेका हुन् ।

नेम्बाङलाई एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभासदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य इलाम-२ का उम्मेद्वार सुहाङ नेम्बाङलगायतले स्वागत गरेका हुन् ।

उपाध्यक्ष नेम्बाङले प्रवेश कार्यक्रममा बाेल्दै एमाले मात्रै राष्ट्रवादी शक्ति भएको दावी गरे । उनले राष्ट्रवादी र गणतन्त्रवादी एक हुनुपर्ने सन्देशका साथ आफू एमाले प्रवेश गरेको बताए ।

नेम्बाङ २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनका तर्फबाट ‘ढल्केको छाता’ चिन्हबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्म्द्वार भई निर्वाचित भएका थिए ।

उनले तत्कालीन गाउँपालिका उपाध्यक्ष समेत रहेकी एमाले उम्मेद्वार सुनिता सुब्बालाई पराजित गरेका थिए । २०७४ को  स्थानीय तह निर्वाचनमा नेम्बाङ उनै सुब्बासँग उपाध्यक्ष पदमा पराजित भएका थिए ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...