मुक्कुमलुङ संरक्षण, केवलकार खारेजी र नो कोशीमा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन अपिल

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ फाल्गुन । प्रदेश नं. १ मा रहेको पहिचान पक्षधरहरुले मुक्कुम्लुङ संरक्षण, कोशी नाम खारेजी तथा मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध गर्दै दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका छन् ।
शनिबार किरात याक्थुङ चुम्लुङको संघीय कार्यालय लालितपुरमा मुक्कुमलुङ ताङसेप चुम्भो, मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति तथा प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै अपिल गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै मुख्य तीन एजेण्डाहरु मुक्कुमलुङ संरक्षण तथा बचाउ, मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजना खारेजी र प्रदेश नं. १ को नाम ‘कोशी’ खारेजको एजेण्डा अघि सार्दै ती एजेण्डामा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई ताप्लेजुङ जिल्लाबासी मतदाताहरुलाई आव्हान गरेको हो ।
उनीहरुले पार्टी र जातिभन्दा माथि उठेर आफ्नो मुद्दामा स्पष्ट अडान लिने उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका छन् । समितिले आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई आफ्ना एजेण्डा स्थापित गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।
उनीहरूले दशकौंदेखि मुक्कुम्लुङ क्षेत्र संरक्षणका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै आन्दोलनका क्रममा राज्य पक्षबाट दमन, कुटपिट, पक्राउ, मुद्दा तथा पक्राउ पुर्जी जारी गर्ने काम भएको आरोप लगाएका छन् ।
साथै, अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा समेत दमन जारी रहेको भन्दै असन्तुष्टि जनाएका छन् । देशमा बढ्दो भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध जनआक्रोश बढेको उल्लेख गर्दै आन्दोलनकारीहरूले २०८२ भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’ पछि राजनीतिक परिवर्तनको माग तीव्र भएको उनीहरुको भनाई रहेको छ ।

हेर्नुहाेस् विज्ञप्तिः

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...