दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ ।
निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ ।
सबै मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भइ रहेको छ । दुई प्रधानमन्त्रीका दावेदार एमालेका अध्यक्ष केपि ओलि र रास्वपाका बरिस्ठ नेता बालेन उम्मेदवार रहेको झापा–५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।
निर्वाचनको इपिसेन्टर बनेको यो क्षेत्रका मतदाताहरु उत्साहित भएर मतदान गर्न आफ्ना मतदान स्थलमा पुगेका छन् ।
जेन जि आन्दोलनलाई विदेशी हस्तक्षेप भनेर टिप्पणी गरेका ओलिको अभिव्यक्तिले एमालेबिरुद्द बालेन उभिएपछी झापा ५ इपिसेन्टर बनेको हो ।

