छ दलले पाउने भयो राष्ट्रिय दलको मान्यता

 लिम्बुवान न्युज
                       

दमक, २७ फाल्गुन । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यतापाएको छ । पाँचवटा दल पुरानै रहेको छ भने एउटा मात्र दल नयाँ रहेको छ ।
प्रतिनिधिसभाको यो निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा पूर्वमा स्थापना गरिएको श्रम संस्कृति पार्टी रहेको छ । यो दल धरान उपमाहनगरका पूर्व स्वतन्त्र मेयर हर्क साम्पाङ नेतृत्वको पार्टी हो । यो पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ ।
बाँकी राष्ट्रिय दलको मान्यत पाउने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौंथो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैठौं रहेका छन् । यी चारवटै दल विघटित प्रतिनिधिसभामा पनि राष्ट्रिय दलको रुपमा रहेका थिए ।
समानुपातिक तर्फको मतगणना सम्पन्नः थ्रेसहोल्ड कटाएका दलहरुले कति–कति मत पाएः
समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना अन्तिमचरणमा पुगेको बताएका छन् ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले यो समाचार तयार पार्दासम्म समानुपातिकतर्फ ५१ लाख ६३ हजार ८७३ मत पाएको छ । यस अनुसार रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ ।
यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५६ हजार ७३५ मत पाएको छ । यस अनुसार कांग्रेसले समानुपातिकबाट २० सिट थप्ने सम्भावना छ ।
प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५३ हजार ४०८ मत पाएको छ । यस अनुसार नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।
प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख १० हजार २२८ मत पाएको छ । यसअनुसार नेपाल कम्युनिस्ट पार्टीले थप ९ सिट थप्ने छ ।
चार महिना अघि खुले पनि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ । उसले समानुपातिकमा ३ लाख ८५ हजार ८०२ मत पाएको छ ।
यसैगरी प्रत्यक्षमा एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट पाउने सम्भावना छ । राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ३३६ भोट पाएको छ ।
निर्वाचन आयोगका अनुसार अब दलहरूले कति मत पाए भनेर त्यसको सिट बाँडफाँटको काम अगाडि बढ्नेछ । अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी भएकाले समानुपातिक तर्फ दलहरुले पाएको मतमा केही फेरबदल हुन सक्नेछ ।
‘अब दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई तीन दिन भित्र समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ’ सूचना अधिकारी घिमिरेले भने ।
दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुनः हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...