चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

,   लिम्बुवान न्युज
                       

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ ।

झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं राष्ट्रिय महाधिवेशन हुन लागेकाे हाे ।

अधिवेसनको पहिलो दिन विभिन्न जातीय झाँकी सहितको र्यालीले नगरपरिक्रमा गरी रंगशाला परिशरमा विविध सांस्कृतिक कार्यक्रम सहित  उद्घाटन  गरिने महासचिव निरन्ती तुम्बापाेले बताइन् ।

 

खुल्लासत्र समापन पश्चात १२ गते साँझबाटै अधिवेसनको बन्दसत्र शुरू गरिनेछ उक्त बन्दसत्रले सांगठनिक प्रतिवेदन, नो कोशी, मुक्कुमलुङमा नो केबुलकार, पहिचान, भाषा साहित्य, आदिवासीको सवाल सम्बोधनका लागि नीतिनिर्माणको विषयमा छलफल हुनेछ– महासचिव तुम्बापाेले भनिन् ।

‘चैत १४ गते नयाँ संघीय कार्य समिति चयन गर्दै कियाचु १२औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुनेछ ।’– उनले भनिन् ।

अधिवेसनमा प्रदेश, जिल्ला, सम्बन्धन प्राप्त थरगत समितिहरु, विदेशस्थित शाखाहरूबाट समेत सहभागी हुनेछन् ।

 

महाधिवेशनमा नेपालको १५ जिल्ला, २ प्रदेश शाखा, विषयत ६ समिति, विदेशस्थीत चुम्लुङको २० शाखा र याक्थुङ थरगतको २८ समितिका करिब ५ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने महासचिव तुम्बापोले जानकारी गराइन् ।

अधिवेसन सफल बनाउँन विभिन्न उपसमिति बनाई तिब्र गतिमा तयारीको काम भइरहेकाे अधिवेसन व्यवस्थापक तथा किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले लिम्बुवानखबरलाइ जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;