टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ अधिवेशनले उप्रेतीलाई अध्यक्ष निर्विरोध निर्वाचत गरेको हो ।
मञ्चको कार्यसमितिको उपाध्यक्षमा दिनेश दंगाल ,सचिवमा चिरञ्जीवी घिमिरे,सहसचिवमा केदारबाबु पौडेल र कोषाध्यक्षमा मिना विश्वकर्मालाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिको प्रमुख राम योङहाङले जानकारी दिए ।
यसै गरी कार्यसमिति सदस्यहरुमा चन्द्रमान राई, पवन प्रसाद निरौला, निशेष राई, सजल राई र ज्ञानु केदेमलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनको उद्घाटन सत्र दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा भएको थियो । नगर प्रमुख थापाले सत्य, तथ्यमाआधारित पत्रकारिता हुनु पर्नेमा जोड्दिनु भयो ।
निर्वतमान अध्यक्ष कमन देवानको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा दमक ८का वडा अध्यक्ष तथा प्रवक्ता धर्म प्रसाद दाहाल(दिपेश), इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्साल, कार्यसमिति सदस्य पंकज दाहाल लगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...