झापाको कमलमा मिनी म्याराथन सम्पन्न

 लिम्बुवान न्युज
                       

  • बसन्तराज सुब्बा,

केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १ गते १२ किलो मिटर दुरीको मिनी म्याराथन आयोजना गरिएको हो ।

कमल ४ सिद्धार्थ चौकबाट सुरु भई वडा नम्बर २ को समयगढ, क्याम्पा बजार हँुदै वडा नम्वर ३ केर्खा बजारसम्म १२ किलो मिटर दुरीको उक्त प्रतियोगिता पुरुष तर्फ मिसन आङदेम्बे प्रथम भएका थिए भने प्रिठी राई द्वित्तीय र समिर आङदेम्बे तृतीय भएका थिए यसैगरी १० उत्कृष्टमा सचिन योङहाङ हुने सरोज सिह, फुल्किपा सेर्पा, मुक्सान लिम्बु, झनक बहादुर भुजेल, प्रमोद तामाङ र सबिन राई बनेका छन् ।

यस्तै भेट्रान तर्फ मंगल तामाङ् प्रथम, हेमन्त लावती र भिम प्रसाद निरौला क्रमशः दोस्रो र तेस्रो बनेका थिए भने महिला तर्फ दिपा बस्नेत प्रथम, मन्दिरा महतो र मदिका देवान क्रमशः दोस्रो र तेस्रो बनेका थिए ।

यस्तै १५ वर्ष मुनिका युवाले सिद्धार्थ चौक देखी समयगढ सम्मको ५ किलोमिटरको दुरी पार गर्दै पुरुष तर्फ अविरल गुरागाई प्रथम, विवेक दनुवार दोस्रो र डम्बर पौडेल तेस्रो बनेका थिए भने महिला तर्फ संगीता तामाङ प्रथम, रुसना राई दोस्रो र बसन्ती लिम्बु तेस्रो भएको कार्यक्रम संयोजक आशिष लेछर्वोले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको सबै विधामा प्रदान गरिएको संयोजक तेछर्वोले बताए ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक रमेशकुमार पाण्डे रहेका थिए भने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नयाँ बर्षको अवसरमा आयोजना गरिएको उक्त म्याराथुन प्रतियोगिताले युवालाई खेलकुद प्रति आकर्षण गर्नुका साथै लागु औषधबाट टाडा राख्न र युवाहरुलाई कुलतबाट मुक्त गर्न खेलकुद मार्फत जनचेतना फैलाउन र सद्भाव कायम गर्न यस्तो कार्यक्रमहरु आयोजना भइरहनु पर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...