लेखक तिम्सिनालाई मरणोपरान्त नगर स्रष्टा सम्मान

,   लिम्बुवान न्युज
                       

दमक/ खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ ।
पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको पछिल्लो बैठकले नगरमा सबैभन्दा बढी पुस्तक कृति प्रकाशित गर्ने १४ पुस्तकका लेखक तिम्सिनालाई नगद २५ हजार, मुहारचित्र, दोसल्ला र सम्मानपत्रसहितले २०८२ सालको नगर श्रष्टा सम्मान प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष धनराज राई अमीरले बताए । लेखक तिम्सिनाको उच्च रक्तचापको समस्याका कारण ४५ वर्षको उमेरमा २०८२ फागनु १९ गते निधन भएको थियो ।
‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम’ अन्तर्गत जेठ १७ गते एक कार्यक्रमकाबीच नगर श्रष्टा सम्मानसहितको कार्यक्रम गरिने छ । जेठ ८ गतेबाट १० दिने नाट्य कार्यशाला सञ्चालन गरिने छ । त्यसबीचमा एकदिने सृजना विमर्श कार्यक्रम समेत सञ्चालन हुनेछ ।
नगरका प्रत्येक सामुदायिक विद्यालयका एक एक जना विद्यार्थीलाई सहभागि गराई १० दिने नाट्य कार्यशाला र नगरका प्रत्येक सामुदायिक विद्यालयका २,२ जना विद्यार्थी सहभागि गराई एक दिने सृजना विमर्श कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ । नाट्य कार्यशाला र सृजना विमर्श कार्यक्रम सम्पन्न गरेपछि कार्यशालाबाट उत्पादित नाटक तथा सृजना विमर्शबाट उत्प्रेरित सृजनाहरुका साथै अग्रज सर्जकहरुको प्रस्तुतिमा अन्तिम दिन सृजना अनुष्ठानसहित श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिने छ । संस्थाले २०७५ सालबाट वर्षेनी कला र साहित्य क्षेत्रका गतिविधि सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;