टारीमा घुमाउने घरकाे उद्घाटन

 लिम्बुवान न्युज
                       

  • सेसेहाङ चाेडबाङ

फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको उद्वघान गर्नुभएकाे हाे ।

घुमाउने घर मर्मत–सम्भार समिति फेदाप १ टारी तेह्रथुमको आयोजनामा भएकाे उद्वघानटन कार्यक्रमका प्रमुख अथिती माननीय सन्ताेष सुब्बाले महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र फेदाप गाउपालीकाकाे एउटा सम्पत्ति मात्र नभएर सिङगाे तेह्रथुम जिल्लाकै सम्पत्ति र अनुसन्धानकाे केन्द्र बनाउनु पर्ने बताउनुभयाे ।

यस सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रलाई स्थानीय तहले संरक्षण गर्न अाबस्यक रहेकाे उहाले बताउनुभयाे। कार्यक्रमका विशेष अथिति तथा फेदाप गाउपालिकाका अध्यक्ष केशब प्रसाद भेट्वालले महानन्द सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रलाई व्यवस्थित गर्दै स्थानीय तहले संरक्षण गर्नका लागि सहयाेग गर्ने प्रतिबद्धता गर्नुभयाे ।

उद्घाटन कार्यक्रममा नेकपा एमाले तेह्रथुमको सचिब तारामान मादेन, फेदाप गाउपालिका वडा नं १ का वडा अध्यक्ष मान बहादुर श्रेष्ठ , पाेक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापका अध्यक्ष सेसेहाङ हुक्पा चाेङबाङ फेदाप गाउपालिका वडा नं १ का वडा सदस्य योगेन्द्र कुरूम्बाङ, जनज्योती माबी सह प्रधानाध्यापक गंगा बहादुर राईले संग्रहालयको बिषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

आज भन्दा १३८ बर्ष अघि बिक्रम सम्बत १९४४ सालमा सुब्बा महानन्द निङलेखुले यो घुमाउने घर निर्माण गर्नुभएको थियो । सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रका सदस्य नन्द प्रसाद निङ्लेखुको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...