छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो ।
यस महोत्सवमा नेपालका विभिन्न आदिवासी जनजाति समुदायका उत्कृष्ट चलचित्रहरू पनि प्रदर्शन गरिनेछन् । जेठ १७ देखि १९ गतेसम्म आयोजना हुने उक्त महोत्सवमा प्रवेश तथा सम्पूर्ण चलचित्र प्रदर्शन निःशुल्क रहेको छ । याक्थुङ समुदायका चलचित्र ‘तङसिङ’ आज जेठ १७ गते दिउँसो १ः३० बजे र ‘रीत’ जेठ १९ गते दिउँसो १२ः०० बजे प्रदर्शन हुने निर्देशक सागर केरुङले बताए ।
यस वर्षको महोत्सवको फेस्टिभल डाइरेक्टरको जिम्मेवारी लिम्बू समुदायले प्राप्त गरेको निर्देशक केरुङले बताए । यो सम्पूर्ण याक्थुङ÷लिम्बू समुदायका लागि गर्व, सम्मान र ऐतिहासिक उपलब्धिको विषय हो । त्यसैले महोत्सवलाई भव्य, सभ्य र लिम्बू याक्थुङमय बनाउनु हाम्रो साझा दायित्व पनि हो – उनले भने ।
आज १७ गते विहान ११ बजेबाट भोलि र पर्सिसम्म लिम्बू सांस्कृतिक भेषभुषा सहित लिम्बू समुदायका सबैलाई सहभागी हुन निर्देशक केरुङले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;