मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

 लिम्बुवान न्युज
                       

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ।

स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो मुन्धुमी सभ्यता र सांस्कृतिक पहिचानमाथिको अतिक्रमण भन्दै दशकौंदेखि निरन्तर विरोध गर्दै आएका थिए।

आन्दोलनरत पक्ष र सरकारबीच यसअघि निर्माण कार्य स्थगित गर्ने विभिन्न चरणको छ्लफल पश्चात् सहमति भए पनि निर्माण पक्षले काम अघि बढाएपछि विवाद थप चर्किएको थियो।

विवाद बढ्दै गएपछि सरकारले गरेको प्रारम्भिक छानबिनका क्रममा उक्त परियोजनामा गम्भीर नीतिगत भ्रष्टाचार, वातावरणीय प्रभाव मूल्यांकन (IEE) प्रक्रियामा अनियमितता र जग्गा खरिद-बिक्रीमा अपारदर्शी कारोबार भएको फेला परेको छ।

सोही छानबिनका आधारमा सरकारले परियोजनाका सम्पूर्ण फाइलहरूमाथि विस्तृत अनुसन्धान सुरु गर्दै निर्माण कार्य पूर्ण रूपमा रोक्ने र दोषी पाइएमा निर्माण पक्ष तथा सम्बद्ध अधिकारीहरूमाथि कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...