चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

 लिम्बुवान न्युज
                       


दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको हो । यस अघि इलाम जिल्लाकै माङसेबुङ गाउँपालिकाले कामकाज भाषा लागू गरिसकेको छ ।
लामो समय किपटको रुपमा स्थापित चुलाचुली गाउँपालिकामा लिम्बू भाषीको बाहुल्यता रहेकाले स्थानीय मातृभाषाको सम्मान गर्दै आउँदो वर्षदेखि सरकारी कामकाजको भाषा लागू गर्ने भएको छ ।
चुलाचुली गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आउँदो आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्बू (याक्थुङ) भाषालाई पालिकाभरी सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेसँगै लिम्बू कामकाजको भाषा बनाउने बाटो खुलेको अध्यक्ष केरुङले बताए । त्यसका लागि चुलाचुलीले लिम्बू भाषा कामकाजको भाषा सम्बन्धी विधेयक, २०८३ समेत पारित गरको छ ।
‘लिम्बू भाषा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक, २०८३ समेत सभाबाट पारित गरिसकेका छौं’, अध्यक्ष केरुङले भने, ‘यसले यहाँको मातृभाषीहरुको सम्मान हुनुका साथै मातृभाषा संरक्षण र प्रवृद्धर्नमा योगदान पुग्नेमा विश्वस्त छु ।’
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार चुलाचुली गाउँपालिकामा नेपालीपछि धेरै २३ दशमलव ०२ प्रतिशत लिम्बू र त्यसपछि १० दशमलव ८० प्रतिशत वान्तवा भाषा बोल्ने नागरिकहरुको बसोबास रहेको छ । सोही तथ्याङ्कको आधारमा नेपालीपछि लिम्बू भाषा कामकाजको भाषा बनाउन लागिएको अध्यक्ष केरुङको भनाइ छ ।
आउँदो वर्षदेखि लिम्बु भाषा समेत सरकारी कामकाजको भाषा बनाएपछि एक जना लिम्बु (याक्थुङ) भाषिक कर्मचारी समेत नियुक्त गरिने अध्यक्ष केरुङ्ले बताउनुभयो । दोभासे कर्मचारीले कार्यालय र सेवाग्राहीबीच दोभासेको काम गर्नेछ ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...