विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       


धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे समेत सहभागीता रहेकाे थियाे ।
सुनसरी, मोरङ, झापा, धनकुटा लगायतबाट हजारौंको संख्यामा ऐतिहासिक दरबार परिसर सरसफाई गरिएको सरसफाई आयोजकका एक सदस्यले लिम्बुवान खबरलाई बताए ।
धरान खानेपानी आयोजनाले पानी ट्यांकी निर्माण गर्ने भनी विजयपुर अतिक्रमण भएपछि यस क्षेत्रलाई संरक्षण गर्नुपर्ने भनी याक्थुङ समुदाय दसकौंदेखि आन्दोलित छन् । किरात याक्थुङ चुम्लुङ, विभिन्न सामाजिक संघसंस्था, पहिचान पक्षधर राजनैतिक पार्टीहरु, स्वतन्त्र नागरिक समाज, बुद्धिजिवी लगायतले लिम्बुवानको राजधानी विजयपुर एक ऐतिहासिक पुरातात्विक क्षेत्र भएको हुँदा यसको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।


याक्थुङ समुदायले ऐतिहासिक विजयपुर दरबार लिम्बुवानको राजधानी भएको हुँदा ऐतिहासिक र पुरातात्विक भएको हुँदा राज्यले यसलाई संरक्षण गर्नुपर्नेमा संरक्षण समितिले जनाएको छ ।
विजयपुर दरबार परिसरको मूल क्षेत्रमा सांस्कृतिक अतिक्रमण तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोजक संरक्षण समितिले सम्मानित सर्वोच्च अदालतको निर्णयहरुको अक्षरस पालना गर्न समेत सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । त्यसैगरी परिसरमा निर्माण भएको सांस्कृतिक संरचना नहटेसम्म परिसरकै क्षेत्रमा पर्ने सुलिकोट मुनिको चिल्लो डाँडा÷चिण्डे डाँडामा बन्न लागेको सुम्निामा पारुहाङ परियोजनालाई स्थगन गर्नसमेत आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;