महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

 लिम्बुवान न्युज
                       


काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ ।

महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई आह्वान गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नाका लागि आवहन गरेका हुन् ।

बुधबार नेपाल प्रहरीले बरिष्ठ पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा समेत खानतलासी गरेपछि पत्रकार झन आक्रोसित बनेका छन् ।

महासंघले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गर्दै प्रदशन् गरेका हुन् । महासंघका अध्यक्ष निर्मला शर्मा सहितको पत्रकारहरुको एक टोलीले बुधबार राति नै जिल्ला प्रहरी कार्यालय काठमाडौं परिसर अगाडि प्रदर्शन गरेको थियो ।

श्रेष्ठलाई विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ । प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका उनी खरो र निर्भिक पत्रकारका रूपमा परिचित छन् ।

पत्रकारहरुको नियमक प्रेस काउन्सिल मार्फत नियमन नगरी अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् गर्दै अपराधी शैलीमा प्रहरीले  श्रेष्ठको गिरफ्तारी गरेकोमा पत्रकारहरु आक्रोसित बनेका छन् ।

सम्बन्धित समाचार

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...