जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए ।
सभामा संस्थाका अध्यक्ष घनेन्द्रराज योङयाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, लेखापरीक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्षले प्रस्तुत गरेका थिए ।
प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी ३ करोड २९ लाख २४ हजार ४ सय रुपैयाँ रहेको छ । संस्थाको वासलात ३८ करोड ४८ लाख ८० हजार ७ सय ५५ रुपैयाँ, कर्जा रकम २८ करोड ३ लाख ९३ हजार ३ सय ४७ रुपैयाँ र बचत रकम ३१ करोड ३६ लाख ९८ हजार ३ सय ४९ रुपैयाँ रहेको जनाइएको छ ।
साधारण सभाका अवसरमा संस्थाले विभिन्न विधामा सम्मान तथा पुरस्कारसमेत वितरण गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कर्जा कारोबारतर्फ रामप्रसाद ओली, चन्दानुमा शेर्मा, सम्झना बास्तोला, रमा कार्की चौहान र ज्ञानु कुमारी बस्नेत पुरस्कृत भएका छन् ।
त्यस्तै, नियमित तथा असल बचततर्फ होमराज कटुवाल क्षेत्री, बिनिता रिजाल न्यौपाने, चन्द्रकला ढकाल, मौषमी बराल र साबित्रा सुवेदी दाहाललाई सम्मान गरिएको छ ।
बाल बचत तथा शैक्षिक बचततर्फ तेजस कार्की, सविन भट्टराई, देव बिष्ट, प्रियन्स कार्की र बिबस बस्नेतलाई सम्मान गरिएको छ ।
त्यसैगरी, ज्येष्ठ सदस्य सम्मानअन्तर्गत पुरुषतर्फ ऋषिकेश सुवेदी र महिलातर्फ लक्ष्मीमाया बस्नेत लाई सम्मान गरिएको संस्थाका व्यवस्थापक राजन गर्तौलाले जानकारी दिए ।
कर्मचारी पुरस्कार तथा सम्मानअन्तर्गत वर्ष उत्कृष्ट कर्मचारीका रूपमा हरिमाया पोखरेललाई नगद पुरस्कार तथा प्रशंसापत्रसहित सम्मान गरिएको छ ।
यस्तै, शेयर सदस्यका छोराछोरीमध्ये गत वर्ष कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जनालाई पनि पुरस्कृत गरिएको छ । छात्रतर्फ अनमोल अधिकारी र छात्रातर्फ निगाह यासिम पराजुली पुरस्कृत भएका हुन् । उनीहरूलाई संस्थाका अध्यक्ष योङया र प्रमुख अतिथि तिम्सिनाले सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, समाजसेवी मन्धरा चिमरिया पौडेललगायतले मन्तव्य राखेका थिए । साधारण सभामा सञ्चालक समितिका सदस्य, शेयर सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;