
दमक, १४ असोज । झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा लामो समयदेखि शिविरमा रहँदै आएका भुटानी शरणार्थीहरूले भोग्नुपरेका विविध समस्या, उनीहरूको मानवअधिकारको स्थिति तथा दीर्घकालीन समाधानका सम्भावित उपायहरूबारे गहन छलफल भएको थियो।
अन्तरक्रिया कार्यक्रममा शरणार्थी अधिकारकर्मी, स्थानीय प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले शरणार्थी समस्याको स्थायी र सम्मानजनक समाधानका लागि सम्बन्धित निकायहरूले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

