दमक, झापा । “औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक” भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood Light) जडान कार्य सम्पन्न गरेको छ।
नगरपालिकाका अनुसार नगरभित्रका प्रमुख तथा संवेदनशील १४ स्थानमा पोलसहितको फ्लड लाइट र अन्य ५० स्थानमा पोल बाहेक (लाइट मात्र) गरी कुल ६४ ठाउँमा उच्च प्रविधियुक्त फ्लड लाइट जडान गरिएको छ। भ्याटसहित कुल रु. ३३ लाख ८९ हजार ४२९ रुपियाँ २२ पैसाको लागतमा तोकिएकै समयमा कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
मुख्य तथा संवेदनशील चोकहरूमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गरी नागरिकको जिउधनको सुरक्षा गराउन रात्रिकालिन सुरक्षाका लागी जडान गरिएकाे नगरले जनाएकाे छ ।
यसैगरी रातिको समयमा सवारी साधन तथा पैदलयात्रीहरूको आवतजावतलाई सुरक्षित र दुर्घटनामुक्त बनाउनुका साथी शहरी साैन्दर्यीकरणाका लागी नगरका मुख्य केन्द्रहरूमा अाधुनिक प्रकाश प्रणालीद्धारा उज्यालाे र आकर्षक बनाउन लाइट जडान गरेकाे नगर प्रमुख राम थापाले लिम्बुवान खबरलाइ बताए ।
लाइट देवकोटा चोक, शंखधर चोक, फाल्गुनन्द चोक, यलम्बर चोक, हनुमान मन्दिर, गाइड बांध, सपिङ्ग कम्प्लेक्स, बसपार्क, जेसिज चोक, लेखनाथ चोक, भगवान मार्ग, फुटबल चोक, दुकुरपानी चोक र १बुद्ध चोकमा जडान गरिएकाे छ ।
यसैगरी ५० भन्दा बढी स्थानमा लाइट जडान गरिएकाे बताइएकाे छ । बसपार्क पूर्व, बसपार्क पश्चिम, बसपार्क बीच, बसपार्क उत्तर, किराँत चोक, कृष्णमन्दिर चोक, नगरपालिका चोक, दमक अस्पताल चोक, मामा चोक, धनबहादुर चोक, रातो पुल, भृकुटी चोक, थाना रोड, दमक चोक, बेलडाँगी रोड, आम्दा उत्तर, हि.मा.वी. चोक, हवल्दार चोक, संगम चोक, पुरानो सब्जी बजार, अमर सिंह चोक, रतुवा पुल, धनेश्वर चोक, क्याम्पस मोड, कृष्ण मन्दिर, सेतुमारी रोड, इन्द्रेणी ताल, श्रीपाली चोक, पञ्चमुखी चोक, पाङ्गुमी चोक दक्षिण, पाङ्गुमी चोक उत्तर, आमचोक उत्तर, आमचोक दक्षिण, बाघखोर चोक, बेलडाँगी चोक, फनपार्क चोक, दुम्से चोक, हरि ओम कोलेनी, पशुपति मार्ग, २ नं. वडा कार्यालय, पखेते चोक, रवि स्टेण्ड, रानाध्वज चोक, जे एण्ड जे मार्केट उत्तर, शान्ति चोक, बेलडाँगी चोक, मदन आश्रित चोक, सज्ज सुधार चोक, सिंहदेवी स्कूल, देवपथ चोक तथा मासु बजार रहेका छन् ।
नगरपालिकाले समयमै योजना सम्पन्न भएसँगै अब दमकका मुख्य बजार तथा संवेदनशील क्षेत्रहरू रात्रिकालिन समयमा अझ बढी सुरक्षित र झिलिमिली हुने विश्वास लिएको छ।
