चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक
आइतबार, १८ असोज, २०८३ साँझको ०७:२४ बजे,
लिम्बुवान न्युज
दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको सुन्दर भावनालाई उजागर गरेको छ।
झापाकाे दमकस्थित हाेटल फाइनमा अाइतबार एक कार्यक्रम गरि सार्वजनिक उक्त गीत सार्वजनिक गरिएकाे हाे ।
सार्वजनिक गीतमा चन्द्रकुमार लिम्बूको मिठासपूर्ण स्वर, उत्कृष्ट शब्द र मनमोहक संगीतको सुन्दर संयोजन रहेको छ। गीत सार्वजनिक भए लगत्तै श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
विशेष गरी, देशप्रेमले ओतप्रोत शब्द र मौलिक धुनका कारण यो गीतले सबै नेपालीको मन जित्ने अपेक्षा गरिएको छ। युट्युबमा भिडियो सार्वजनिक भएसँगै संगीतप्रेमीहरूले सामाजिक सञ्जालमार्फत गीतको टोलीलाई बधाई तथा शुभकामना दिइरहेका छन्।
दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...
दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...
दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...
ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...