
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी कार्यक्रममा घनेन्द्र सुब्बा, दिल बहादुर बुढाथोकी, क्षेत्रीय सभापति जितेन साङपाङ तथा अनिश लिम्बु लेछर्बो लगायत अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
अधिवेशनले सुनिल राईको सभापतित्वमा नयाँ नगर कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको विवरण यस प्रकार रहेको छ:
सदस्यहरू:
छितिज दर्जी, राम किसार शाह, दिपक तिरुवा, सर्वज्ञ कन्दङ्वा, साजन राई, दुर्गा धिमाल, आशा राई, मान्देव राई, नेप बहादुर दर्जी, रोजिना गुरुङ र अन्जना चौहान नेपाल।
अधिवेशनका वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए।