विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ करोड ५३ लाख ८ हजारभन्दा बढी

 Limbuwan Khabar
                       

   

 

काठमाडौं,४ भदौ ।   विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ५३ लाख ८ हजार ६०२ पुगेको छ।यस्तै २ करोड २५ लाख  ८५ हजार २२७ जना संक्रमित भएका छन भने ७ लाख ९१ हजार ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ५७ लाख १ हजार १६२ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ७६ हजार ३४२ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ३४ लाख ६० हजार ४१३ जना संक्रमित भएकोमा १ लाख ११ हजार १८९ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ २८ लाख ३७ हजार ७४९ जनामा संक्रमण भएकोमा ५४ हजार ४ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ९ लाख ३७ हजार ३२१ जना संक्रमित भएका छन् भने १५ हजार ९८९ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ८७ हजार ९८५ संक्रमित भएकोमा २८ हजार ७९७ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख २१ हजार ९८ संक्रमित भएकोमा ४१ हजार ३९७ जनाको मृत्यु भइसकेको छ।

पेरुमा संक्रमितको संख्या ५ लाख ५८ हजार ४२० छ भने २६ हजार ८३४ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...