दमकमा १ काे मृत्यु, २ हजार बढीको पीसिआर, कुल ६६ जनामा संक्रमण, १९ जनाले जिते कोरोना

 लिम्बुवान खबर
                       

दमक । झापाको दमक १ का ५८ बर्सिय एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । लिम्बू थरका ती पुरुषमा अन्य रोगको लक्षण देखिएपनि कोरोना संक्रमण पुष्टी भएको हो ।

दमक १ का वडाध्य्क्ष तारा प्रसाद अधिकारीले ती पुरुषको मृत्यु भएको पुष्टि गरे । पछिल्लो समयमा देशभरबाट ३ जना सन्क्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससगै देशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १४९ पुगेको छ ।

झापाको दमकमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६६ पुगेको छ । उनीहरु मध्ये १९ जनाले कोरोनाको उपचारका क्रममा स्वास्थ्यलाभ लिएका छ्न । नगरपालिकाकि प्रबक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीद्वारा हस्ताक्षर गरि आज जारी गरिएको प्रेस बिज्ञाप्तीमा जनाइए अनुसार हाल सम्म ५७१ महिला सहित कुल २ हजार ९९ जनाको पीसिआर बिधीबाट कोरोना परिक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित फेला परेका हुन ।

संक्रमण पुष्टि भएर पनि ७ जनाको उपचार होम आईसोलेसन मै भैरहेको छ । १४ जना नगरपालिकाद्वारा निर्मित क्वारेन्टाइनस्थलमा तोकिएको आइसोलेसनमा उपचाररत छ्न । त्यस्तै गोठगाउमा ८ जना, सशस्त्र प्रहरीको आइसोलेसनमा ४ जना, मेची अस्पतालको आईसोलेसनमा ६ जना र बीपी प्रतिस्ठान धरानमा २ जना उपचाररत रहेका जारी बिज्ञप्तीमा उल्लेख छ । दमकमा समुदायस्तरमै कोरोना फैलिएपछि आउने शनिबार सम्मका लागि लकडाउन  लम्ब्याइएको छ ।

निश्कर्ष न्यूजबाट

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;