दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।
विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए। खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ ।
व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।
वैकल्पिक विधि तय गरिँदै
अहिलेकै अवस्थामा विद्यार्थीको लिखित परीक्षा गर्न नसकिने निष्कर्षमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् । व्यवस्थापन सङ्कायका डिन शर्माले लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने जानकारी दिए ।
यसमा निर्णय लिन विश्वविद्यालय तथा डिन कार्यालय स्वतन्त्र रहेको जनाइएको छ । परीक्षा लिन बाँकी विषयका हकमा भर्चुअल विधिबाट परीक्षा लिन विश्वविद्यालयका पदाधिकारीलाई सुझाव प्राप्त भएको छ ।
विद्यार्थी खोज्न सुरु
विश्वविद्यालयले परीक्षा स्थगित भएपछि सम्पर्कविहीन भएका विद्यार्थीको खोजी सुरु गर्ने भएको छ । विद्यार्थीको खोजीपछि बल्ल कति विद्यार्थी छन् भन्ने यकिन हुने भएकाले कसरी परीक्षा लिने निर्णय गर्न सकिने जनाइएको छ । यसअघि चैतमा स्थगित परीक्षा पुरानै परिपाटीबाट लिइएको थियो भने देशभर एकैसाथ परीक्षा चलाइएको थियो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पहिलेको जस्तो अवस्था अहिले नरहेको स्पष्ट गर्दै कुनै फरक विधिबाट परीक्षा लिई विद्यार्थीको नतिजा प्रकाशित गरिने बताउनुभयो । यसका लागि डिन कार्यालयहरूलाई नै अधिकार दिइएको छ ।
विश्वविद्यालयले स्नातकोत्तर तहको चौथो सेमेस्टरका विद्यार्थीलाई परीक्षा पूरा नभए पनि अनुसन्धान शोधपत्र (थेसिस) गर्न बाटो खोलिदिएको छ । स्थगित परीक्षा फरक विधिबाट सञ्चालन गरेर पनि विद्यार्थीलाई शैक्षिक सत्र सदुपयोग गर्ने तयारी गरेको विश्वविद्यालयले थेसिस लेखन कार्य अघि बढाउन अनुमति दिएको हो ।
यसअघि परीक्षा नसकेको अवस्थामा विद्यार्थीलाई थेसिस गर्न अनुमति दिइँदैनथ्यो । विद्यार्थीलाई थेसिस तयार पार्न पनि चार–पाँच महिना लाग्ने र त्यो बेलासम्म फरक तरिकाबाट परीक्षा लिएर नतिजा प्रकाशन गर्न बाटो खुल्ने भएकाले यस खालको निर्णय गरिएको जानकारी डिन शर्माले दिनुभयो । स्नातकोत्तर तहमा व्यवस्थापन लगायतका कतिपय सङ्काय तथा अध्ययन संस्थानमा शोधपत्र अनिवार्य गरिएको छ । कतिपय विषयका हकमा विद्यार्थी आफ्नो खुसीले शोधपत्र लेख्ने गर्छन् ।
परीक्षा नदिए पनि माथिल्लो सेमेस्टर
यसैबीच त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा सेमेस्टर प्रणालीमा सञ्चालित परीक्षा सञ्चालन हुन नसके पनि विद्यार्थीलाई माथिल्लो सेमेस्टरमा पढाउन थालिएको छ । विगतमा विद्यार्थीले एक तहको सेमेस्टरको परीक्षा सकेर मात्र अर्को सेमेस्टरमा जाने अभ्यास रहेकोमा यसपटक भने परीक्षा नै नदिएको अवस्थामा पनि अर्को सेमेस्टरमा अध्ययनका लागि विश्वविद्यालयले बाटो खोलिदिएको हो ।
यसको कार्यान्वयन गर्दै आफूहरूले कक्षा सञ्चालन सुरु गरेको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले जानकारी दिए। यसबाट विद्यार्थीको शैक्षित्र सत्र सदुपयोग हुने जनाइएको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशन भएकाे छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...