दमकमा १५ जनामा काेराेना संक्रमण पुष्टि

 लिम्बुवान खबर
                       

दमक। झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । दमकका औषधी ब्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षणकाे रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले बताएपछि पुष्टि भएकाे हाे ।

आज संक्रमण देखिएकामा २२ देखी ७२ बर्ष सम्मका ६ जना महिला र ९ जना पुरुषहरु रहेका छन् ।  संक्रमण देखिएकामा दमक वडा नम्बर १ का १ जना, वडा नम्बर ४ का होम क्वारेन्टाईनमा बसेका १ जना र कन्ट्याक ट्रेसिङका १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का ५ जना, वडा नम्बर ९ का ६ जना रहेका छन् ।

उनीहरुको एक साता अघि स्वाब सङ्कलन गरेर परिक्षणका लागि विराटनगर पठाईएको थियो । संक्रमण देखीएका मध्ये दुइजना औषधी ब्यवसायी हुन् तर उनिहरु कसैमा पनि लक्षण भने नदेखिएको जनाईएको छ । यो संगै दमकमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । दमक विस्तारै काेराेनाकाे हब बन्दै गएकाे देखिन्छ ।

संक्रमितहरु केहि नगरपालिकाको क्वारेन्टाइनमा रहे पनि अधिकांस भने होम क्वारेन्टाईनमा बसेका छन् । अहिले नगरपालिका स्वास्थ्य शाखाको आकस्मीक बैठक वसिरहेको छ । साे बैठकमा संक्रमितहरुको बसोवास क्षेत्रलाई सिल गर्ने बिषयमा छलफल भईरहेको बताईएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...