निरन साम्पाङकाे लघुचलचित्र ‘पिडा’ सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक । निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ। उक्त लघुचलचित्र मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पिडालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।

 

बहिनिलार्ई पढाएर ठुलो मान्छे बनाउने मायालुलाई सुखसँग राख्ने सपना बोकेर बिदेशिएको युवा बिदेशमा पुगेपछि भोग्नु पर्दाको दुर्दशा  र सपनाहरु टुटेपछि रित्तिएर फर्किनुकाे पिडालाइ समाबेश गरिएको छ ।

साथै लघु चलचित्र ‘पिडा’ मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत झ-झल्को दिलाउछ । चलचित्रमा संचारकर्मी देशराज नेम्बाङ, मधु सुब्बा, सुमी जंग राना र रुपमनी चाम्लिङको अभिनय रहेकोे छ । यस लघुचलचित्रमा संचारकर्मी देशराज नेम्बाङकाे अभिनय तारिफ याेग्य रहेकाे छ ।

भिडियाे हेर्न तलकाे लिङ्कमा जानुहाेस् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...