१ न. प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

 लिम्बुवान खबर
                       

झापा ।आज प्रदेश नम्बर १ को केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशको अरु ठाउँको मौसम भने सामान्यतया बादल लागी केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

आज १ नं. प्रदेश, २ नं. प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा सामान्य तय पूर्ण बदली रही देशका अरु ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने माैसमविद् श्रेष्ठले  बताएका छन् ।

१ नं. प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा अहिले सामान्य पानी परिरहेको छ । यी ठाउँहरुमा दिउँसो पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेकाे छ।

राती भने देशभर सामान्यतया बदली रहि केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव र भारतमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण नेपालमा पानी पर्ने सम्भावना भएको हो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...