दमकमा समुदायमा कोरोना फैलदै, कन्ट्याक ट्रेसिङ्बाट १५ जनामा काेराेना पोजेटिभ देखियो

 लिम्बुवान खबर
                       

दमक/ झापाको दमकमा शनिवार कोरोना संक्रमण पुष्टि भएको सबैजसो कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको पाईएको छ । औषधि ब्यवसायी, बिधुत कर्मचारी तथा वित्तीय संस्था लगायत अन्य पोजेटिभ ब्याक्तिहरुबाट अर्कामा सरेको देखिएको बताईएको छ । यसले समुदायमा कोरोना संक्रमण फैलिएको दर्बिलो पुष्टि गरेको छ ।

दमक फार्मेसीका स्वास्थ्यकर्मीमा देखिएको कोरोना पोजेटिभपछिको कन्ट्याक्ट ट्रेसिङमा २ जनामा कोरोना पोजेटिभ भेटिएको छ । यसैगरी सबैभन्दा बढि विद्यूत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङबाट पोजेटिभ देखिएको छ । शनिवार बिद्यूत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा ५ जना थपिएका छन् ।

शनिवार कोरोना पोजेटिभ देखिएका दमक ८ का ७ जना रहेका छन् । यसैगरी दमक १ का ३ जना, दमक ६ का १ जना, दमक ७ को १ जना, दमक ५ को २ जना, दमक ४ को १ जना र दमक प्रहरीबाट १ जनामा कोरोना पोजेटिभ देखिएको दमक नगरपालिका स्वास्थ्य शाखा श्रोतको भनाई छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार कन्ट्याक्ट ट्रेसिङलाई सुक्ष्म रुपमा अध्ययन गरेर परिक्षणको दायरा बढाईएका कारण कोरोना पोजेटिभको संख्या बढेको हो । यसले समुदायमा फैलनबाट रोक्न सहयोग पुग्ने उनले बताए । तर यतिमै ढुक्क नहुन समेत नगरवासीमा उनले अनुराेध गरेका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...