मातृभाषा विरुद्धको रिट खारेज भएपछि पाँचथरको फाल्गुनन्दमा मातृभाषा शिक्षा अघि बढ्ने

 लिम्बुवान खबर
                       

पाँचथर  पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लागू भएको मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको छ ।

मातृभाषा शिक्षा सञ्चालनका लागि गाउँपालिकाले गरेको शिक्षक नियुक्ती विरुद्ध हालिएको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएपछि मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी फाल्गुनन्द गाउँपालिकाका सचिव फाल्गुनन्द गाउँपालिका–४ का इन्द्रकुमार नेम्वाङले मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध २०७६ साल कात्तिक ७ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

त्यसपछि उच्च अदालत विराटनगरले मातृभाषा शिक्षाका लागि सुरु गरिएको प्रक्रिया तत्काल अघि नबढाउन गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो ।

अदालतले समेत मातृभाषा शिक्षा सञ्चालनमा रोक लगाउन खोजेको भन्दै आदिवासी जनजाति महासंङ लगायत अन्य जातीय संघ संस्थाका प्रतिनिधि तथा भाषिक अधिकारकर्मीहरुले विरोध गरेका थिए ।

फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाका ४० वटा सरकारी विद्यालयमा लिम्बू, राई र तामाङ भाषाबाट शिक्षा सञ्चालन गर्ने गरी शिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो ।

गाउँपालिकाले ४० मध्ये ९ वटा विद्यालयमा त्यसअघि नै मातृभाषाका शिक्षक नियुक्ती गरेको थियो । दोस्रो चरणमा ८ वटा विद्यालयमा मातृभाषा शिक्षकको परिक्षा भएपछि नेम्बाङले रिट दायर गरेका थिए । तामाङ १ , राई १  र अन्य लिम्बू भाषाका शिक्षक नियुक्तिका लागि भएको परिक्षामा ७ जना मात्र उत्तीर्ण भएका थिए । एउटा विद्यालयका लागि परिक्षामा सहभागी दुवै अनुत्तीर्ण भएपछि ७ जनालाई मात्र नियुक्ति दिएका थिए । तर रिट परेपछि अदालतको अन्तरिम आदेशपछि सबै शिक्षकहरु घर बस्दै आएका छन् ।

तर नेम्बाङले रिट दायर गरेपछि बाँकी सबै प्रक्रिया रोकिएकोमा आइतबार अदालतले नै नेम्बाङको रिट खारेज गरिदिएपछि सो प्रक्रिया स्वतः अघि बढ्ने भएको हो ।

नेम्बाङको रिट खारेज गरिदिएपछि गाउँपालिकाकी तत्कालिन कार्यवाहक अध्यक्ष समेत रहेकी हालकी उपाध्यक्ष देवित्राकुमारी आङदेम्बेले सत्यको जीत भएको प्रतिक्रिया दिइन् । ‘हामीले गलत काम गरेको थिएनौं, त्यसैले जितेका छौं । हामीलाई अदालतले न्याय दिएको छ’ आङदेम्बेले भनिन्, ‘उहाँहरुलाई आरोप मात्र थियो भन्ने प्रमाणित भएको छ । यो जित गाउँपालिकाको मात्र नभएर समग्र मातृभाषीहरुको जित हो ।’

आर्थिक वर्ष २०७५/७६ देखि फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षा लागू गरेको थियो । पहिलो चरणमा नै नियुक्ति पाएका १ तामाङ र ८ लिम्बू मातृभाषा शिक्षक भने निरन्तर कार्यरत छन् ।

गाउँपालिकाले माध्यमिक तहका मातृभाषा शिक्षकलाई मासिक १४ हजार र आधारभूत तहका शिक्षकलाई मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । (नयाँ बुलन्दबाट)

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...