राना मगर हङकङको महावाणिज्य दुतमा नियुक्त

 लिम्बुवान खबर
                       

दमक/  झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगर हङकङको महावाणिज्य दुतमा नियुक्त भएका छन् ।
मन्त्री परिषदको १४ भाद्रमा बसेको बैठकले रानालाई महावाणिज्यदुत नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

उनी नेपाल सरकार सहसचिव हुन् । रानासंगै ल्हासाका लागि महावाणिज्य दुतमा नवराज ढकाल नियुक्त भएका छन् ।  यसैबीच राना मगरलाई दमक नगरपालिकामा साेमबार आयोजित सक्षिंप्त कार्यक्रममा बधाई तथा शुभकामना दिर्दै विदाई गरिएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...