चुलाचुलीमा एकल महिला र अति विपन्न २ परिवारलाई घर हस्तान्तरण

 लिम्बुवान खबर
                       

                            तस्वीरः सञ्जय राईकाे फेसबुकबाट

चुलाचुली।इलामको दक्षिणमा रहेको चुलाचुली गाउँपालिकाले उदाहरणीय कार्यहरु निरन्तर गरिरहेको छ । संसार कोरोना कहरमा रोमल्लिरहेता पनि यस गाउँपालिकाका जनप्रतिनिधि रातदिन जनताको सेवामा निरन्तर खटिरहेको देखिन्छ । पछिल्लो उदाहरणको रुपमा अति विपन्न र एकल महिलालार्ई घर निर्माण गरिदिएर घर हस्तान्तरण गरेको छ ।

आज गाउँपालिका र २ नम्बर वडा कार्यालयको समन्वयमा निर्मित २ वटा घरहरु अति नै बिपन्न बर्ष ७६ को चन्द्र बहादुर दर्जीका श्रीमती मङली माया दर्जी र एकल महिला बर्ष ८७ कि लिला माया तामाङ्गलाई नयाँ घर निर्माण सम्पन्न गरी चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राई र उपाध्यक्ष निर्मला दाहालले घरको चावि हस्तान्तरण गर्नुभएको छ ।

उक्त घर हस्तान्तरण कार्यक्रममा वडा नं. २ का अध्यक्ष रन बहादुर लिम्बु, वार्ड जनप्रतिनिधिहरु, कर्मचारीहरु र टोल बिकास सस्थाका प्रतिनिधिको उपस्थिति रहेका थिए । घर वडा नं. २ का अध्यक्ष रन बहादुर लिम्बुको समन्वयमा निर्माण भएको गाउँपालिका प्रमुखका सोकिय सचिव सञ्जय राईले बताएको छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...