बिहिबार, १८ भदौ, २०७७ दिउँसोको १२:०९ बजे,
लिम्बुवान खबर
शिवसताक्षी। आदिमकालिन आदिवासी समाधिस्थलको संरक्षण गरौ भन्दै आदिवासी समाधिस्थल संरक्षण समितिले विहिबार डुँडामारीमा कोरोना कहरका बीच पनि खबरदारी सभा गरेको छ ।
शिवसताक्षी ८ र १ डुँडामारी धरामपुर सडकखण्ड उत्तरमा रहेको आदिवासीहरुको चिहान बिकास निमार्णको नाममा विस्थापन नगर्न भन्दै स्थानीय सरकारलाई खबरदारी गरेको हो ।
आदिमकालदेखि किरात सभ्यता अनुसार मरणप्रान्त दाहासँस्कार गर्ने क्रममा यि समुदायहरुले शवलाई माटोमा दहन गिर चिहान बनाउने प्रचलन रहिआएको छ । जस अनुसार किरात, बुद्धिष्ट, क्रिष्चियन र मुस्लिम धर्मावलम्विहरूले समेत शवलाई गाड्ने गरेका छन् । कार्यक्रममा अधिकांश पहिचान र सहअस्तित्ववादी अभियान्ताहरुले विकासका नाममा कुनै पनि सांस्कृितक पहिचानको दोहोन गर्न नहुनेमा चेतावनी दिएका छन् ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंद्य झापाका अध्यक्ष भरत कुमार श्रेष्ठ, किरात याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष बीरवल जबेगु , किरात धर्म तथा साहित्य उत्थान संघका जितेन्द्र चेम्जुङ, पहिचान अभियन्ता सन्त फेउदिन, ईसाइ धर्मका तर्फबाट सन्तोष नेपाली, समाधिस्थल संरक्षण समितिका संयोजक शिवकुमार मेन्याङबो, लिम्बु विधार्थी मञ्चका पुर्व केन्द्रिय सचिव योवाहाङ लिम्बु, संघीय लिम्बुवान मञ्चका के. सदस्य तथा चुलाचुली गा पा वडा नं १ का वडाअध्यक्ष ध्रुव लावती लगायतका पहिचानवादी अभियन्ताहरुले आदिमकालिन आदिवासी समाधिस्थल संरक्षण गरौ कुनै समाधिस्थलहरुमा अतिक्रमण नगरौ भन्दै कुनै पनि सरकारलाई समुदायको पहिचान मेटाउने अधिकार नभएको बताएका छन् ।
उनीहरुले आदिवासीहरुको पहिचानलाई संरक्षण गरे मात्र देशको चौतर्फी विकास हुनेमा जोड दिए । उनीहरुले शिवसताक्षी नगरपालिकालाई भएका समाधिस्थलहरुलाई संरक्षण गर्दै अब बन्ने समाधिस्थलको व्यवस्थापन गर्न अनुरोध समेत गरेका छन् ।
कार्यक्रम समाधिस्थल संरक्षण समितिका अध्यक्ष प्रेम शेर्माको सभापतित्वमा र सञ्चालन याक्थुङ शेर्माले गरेका थिए ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...