खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० हुने

 Bhumika Limboo
                       

सिक्किम, ३ सेप्टेम्बर । सुखिम याक्थुङ साम्लो सजुम र सिक्किम लिम्बू गायन समाजले  खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० गर्ने भएको छ ।

लोप हुन लागेको ताःम्केको  जगेर्ना  गर्नको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । ताःम्के लिम्बू जातिभित्र मेलापातमा रहँदा गाइने एक लोकगीत हो ।

अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ र, चल्दै गरेको हाक्पारे र ख्यालीको अनलाइन प्रतियोगितापश्चात सिक्किमबाट ताःम्केको अनलाइन प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगीहरुले सेप्टेम्बर ३० सम्म ताःम्के गाइएको भिडियो ह्वाटसप् न  ००९१-९७३३३९३९८८ र ००९१-८४३६७०८८९६ र इमेल आइडी newnepal49@gmail.com मा पठाउनुपर्नेछ । जसलाई १० दिनसम्म अनलाइनमार्फत आएको लाइक, सेयर र हेरिएको गणना गरिनेछ ।

दोश्रो चरणमा प्रवेश गरेकालाई २० अक्टोबरसम्म पठाइसक्नुपर्ने र त्यसलाई पनि १० दिन सम्म अनलाइनमार्फत आएका मतलाई सुरक्षित गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी फाइनलमा प्रवेश गर्ने प्रतियोगीहरूले नोभेम्बर ५ सम्म आफ्नो भिडियो पठाउनुपर्नेछ । प्रतियोगिताको निर्णय प्रक्रिया निर्णायकको मतलाई ६० र सामाजिक सञ्जालको ४० प्रतिशत रहेको छ ।

फाइनल प्रतियोगीहरूको अन्तिम नतिजा दीपावलीको पहिलो दिने घोषणा गर्ने भएको छ । उक्त भिडियोहरू ओपेरा इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम ४० हजार रूपैया, दोश्रो पुरस्कार २४ हजार रूपैया र तेश्रो पुरस्कार १६ हजार रूपैया राखिएको छ भने

सम्बन्धित समाचार

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

;