खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० हुने

 Bhumika Limboo
                       

सिक्किम, ३ सेप्टेम्बर । सुखिम याक्थुङ साम्लो सजुम र सिक्किम लिम्बू गायन समाजले  खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० गर्ने भएको छ ।

लोप हुन लागेको ताःम्केको  जगेर्ना  गर्नको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । ताःम्के लिम्बू जातिभित्र मेलापातमा रहँदा गाइने एक लोकगीत हो ।

अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ र, चल्दै गरेको हाक्पारे र ख्यालीको अनलाइन प्रतियोगितापश्चात सिक्किमबाट ताःम्केको अनलाइन प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगीहरुले सेप्टेम्बर ३० सम्म ताःम्के गाइएको भिडियो ह्वाटसप् न  ००९१-९७३३३९३९८८ र ००९१-८४३६७०८८९६ र इमेल आइडी newnepal49@gmail.com मा पठाउनुपर्नेछ । जसलाई १० दिनसम्म अनलाइनमार्फत आएको लाइक, सेयर र हेरिएको गणना गरिनेछ ।

दोश्रो चरणमा प्रवेश गरेकालाई २० अक्टोबरसम्म पठाइसक्नुपर्ने र त्यसलाई पनि १० दिन सम्म अनलाइनमार्फत आएका मतलाई सुरक्षित गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी फाइनलमा प्रवेश गर्ने प्रतियोगीहरूले नोभेम्बर ५ सम्म आफ्नो भिडियो पठाउनुपर्नेछ । प्रतियोगिताको निर्णय प्रक्रिया निर्णायकको मतलाई ६० र सामाजिक सञ्जालको ४० प्रतिशत रहेको छ ।

फाइनल प्रतियोगीहरूको अन्तिम नतिजा दीपावलीको पहिलो दिने घोषणा गर्ने भएको छ । उक्त भिडियोहरू ओपेरा इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम ४० हजार रूपैया, दोश्रो पुरस्कार २४ हजार रूपैया र तेश्रो पुरस्कार १६ हजार रूपैया राखिएको छ भने

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...