दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
काठमाडाैं। नेपाल आदिवासी जनजाति महासंघले सरकारको अपरिपक्त र गैरजिम्मेवार व्यवहारका कारण रातो मत्स्येन्द्रनाथ जात्रामा झडप भएको बताएको छ ।
बिहीबार ललितपुरको पुल्चोकमा स्थानीय नेवार समुदायले जात्रा सञ्चालनलाई निरन्तरता दिने प्रयास अनुरुप मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी प्रशासनबाट बल प्रयोग गरिएपछि प्रहरी र स्थानीयबिच झडप भएको थियो ।
महासंघका अध्यक्ष जगत बरामले बिहीबार राति एक विज्ञप्ति जारी गरी वर्षौदेखि चलिआएको जात्रा सञ्चालनबारे सरकारले समयमै निकास नदिएको र जात्रा सञ्चालन गर्न खोज्दा पुजारी, भक्तजन, संस्कृति तथा सम्पदाप्रेमी र स्थानीय नेवार समुदायमाथि अनावश्यक दमन गरेको बताएका छन् ।
कोभिड–१९को महामारी भए पनि सुरक्षाका उपाय अपनाउँदै जात्रा सञ्चालनका लागि पुजारी, गुठियार, भक्तजन र संस्कृतिप्रेमीहरुले पटक पटक स्थानीय सरकार, स्थानीय प्रशासन, संघीय सरकार र राष्ट्रप्रमुखहरुलाई व्यवस्था मिलाइदिन आग्रह गर्दा पनि सरकारले समयमै ठोस निकास नदिदा झडपको स्थिति पैदा भएको महासंघले जनाएको छ ।
महासंघले स्थिति झन् खराब हुन सक्ने भन्दै तत्काल सरोकारवाला पक्षहरुसँग छलफल गरी निकास दिन सरकारसँग आग्रह गरेको छ भने झडपको क्रममा पक्राउ परेकाहरुलाई विनासर्त रिहाई गर्न माग गरेको छ ।
बिहीबार पुल्चोकमा झडप हुँदा आक्रोशित भिडले एकजना ट्राफिक प्रहरीमाथि निर्मम कुटपिट गरेको थियो । उक्त घटनाको भिडियो हेर्नेहरुले सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।
पुल्चोकमा प्रहरीले भिड हटाउनका लागि पानीको फोहोरा, लाठीचार्ज, अश्रुग्यास प्रहार गरेको थियो भने जात्रा पक्षधरहरुले प्रहरीको गाडीमाथि तोडफोड र ढुंगामुढा गरेका थिए ।

दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...