विर्तामाेडले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक, १ अर्ब १५ करोड बढी बजेट विनियाेजन

 लिम्बुवान खबर
                       

विर्तामाेड । झापाकाे विर्तामाेड नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।

नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षता साथै प्रदेश १ सदस्य एकराज कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यकममा  चालू आर्थिक वर्षका लागि १ अर्ब १५ करोडको बजेट सार्वजनिक गरेकाे छ ।

बार्षिक नीति निती तथा कार्यक्रम र बजेट उप-प्रमुख पबित्रा महताराले पाचौं नगर सभामा प्रस्तुत गरेकी थिइन । सो बजेट तथा नीति कार्यक्रम छलफल पश्चात् पारित गरिएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा प्रमुख अतिथि समेत रहेका प्रदेश १ सदस्य एकराज कार्की, नगर प्रमुख शिबाकोटि, नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाइ, नेपाली काङ्ग्रेस नगर सभापती भोजराज सिटौला लगायले मन्तव्य राखेका थिए ।

यसैबीच अढाइ बर्स अघिदेखि विर्तामोडमा कार्यरत प्रमुख प्रसासकिय अधिकृत पशुपति खतिवडाको अनिवार्य अबकास पछी बिदाइ गरिएको छ । नगरले एक कार्यक्रमको आयोजना गरि खतीवडाको बिदाई गरिएको नगरपालिकाका सुचना अधिकृत जय तिम्सिनाले बताएका छन् ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...