मिक्लाजुङमा लिम्बुवान मञ्चको टोल समिति गठन

 लिम्बुवान खबर
                       

कुरुम्बा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पान्थर जिल्ला सह–इन्चार्ज सुख बहादुर थेगिमको प्रमुख आतिथ्यतामा मिक्लाजुङ् गाउँपालिका वडा नं. ५ मा दुईवटा टोलहरुमा टोल समिति गठन गरिएको छ ।

साविक कुरुम्बा गाविस अन्तर्गतको सिक्तेम्बा टोलको १५ सदस्यीय समिति सोम बहादुर लावतीको अध्यक्षतामा गठन भएको छ । समितिको उपाध्यक्षमा हरिमाया तुम्सा लावती, सचिव सेसेहाङ् लावती, अर्थ सचिवमा अनिता चोङबाङ् लावती त्यसैगरी सदस्यहरुमा क्रमशः सन्त कुमार लावती, नरेश लावती (इम्व्रिङकोक्मा अन्तरे), सन्जिव लावती, महेश लावती, श्री लाल लावती, धन कुमार लावती(अच्छामे) रहनुभएको छ भने प्रमुख सल्लाहकार मान वहादुर लावती रहेका छन् ।

त्यसैगरी सोही दिन सल्लेरी टोल समितिमा सविना लावतीको अध्यक्षतमा १५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्ष सनोद लावती, सचिव जितेन्द्र लावती, अर्थ सचिव सन्चमाया लावती, सह–सचिव सुचिता लावती लगायत रहनुभएको छ । सल्लाहकार समितिमा पदम प्रसाद लावती, दलवीर लावती र छविलाल लावती रहेका छन् ।

उक्त गठन कार्यक्रममा मिक्लाजुङ् गाउँपालिका समिति उपाध्यक्ष तेजिन्द्र लावती, वडा उपाध्यक्षा जैन बहादुर लावती, संचारकर्मी दुर्गाहाङ् लावती लगायत नेताहरुको उपस्थिति रहेको थियो भने मञ्चका वार्ड अध्यक्ष रण बहादु लावतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सहजीकरण संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावतीले गरेका हुन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...