मिक्लाजुङमा लिम्बुवान मञ्चको टोल समिति गठन

 लिम्बुवान खबर
                       

कुरुम्बा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पान्थर जिल्ला सह–इन्चार्ज सुख बहादुर थेगिमको प्रमुख आतिथ्यतामा मिक्लाजुङ् गाउँपालिका वडा नं. ५ मा दुईवटा टोलहरुमा टोल समिति गठन गरिएको छ ।

साविक कुरुम्बा गाविस अन्तर्गतको सिक्तेम्बा टोलको १५ सदस्यीय समिति सोम बहादुर लावतीको अध्यक्षतामा गठन भएको छ । समितिको उपाध्यक्षमा हरिमाया तुम्सा लावती, सचिव सेसेहाङ् लावती, अर्थ सचिवमा अनिता चोङबाङ् लावती त्यसैगरी सदस्यहरुमा क्रमशः सन्त कुमार लावती, नरेश लावती (इम्व्रिङकोक्मा अन्तरे), सन्जिव लावती, महेश लावती, श्री लाल लावती, धन कुमार लावती(अच्छामे) रहनुभएको छ भने प्रमुख सल्लाहकार मान वहादुर लावती रहेका छन् ।

त्यसैगरी सोही दिन सल्लेरी टोल समितिमा सविना लावतीको अध्यक्षतमा १५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्ष सनोद लावती, सचिव जितेन्द्र लावती, अर्थ सचिव सन्चमाया लावती, सह–सचिव सुचिता लावती लगायत रहनुभएको छ । सल्लाहकार समितिमा पदम प्रसाद लावती, दलवीर लावती र छविलाल लावती रहेका छन् ।

उक्त गठन कार्यक्रममा मिक्लाजुङ् गाउँपालिका समिति उपाध्यक्ष तेजिन्द्र लावती, वडा उपाध्यक्षा जैन बहादुर लावती, संचारकर्मी दुर्गाहाङ् लावती लगायत नेताहरुको उपस्थिति रहेको थियो भने मञ्चका वार्ड अध्यक्ष रण बहादु लावतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सहजीकरण संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावतीले गरेका हुन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...