माेटरसाइकलमा राखी पछाडिबाट घांटी रेटी हत्या (गोमनसिंह हत्या प्रकरण)
शनिबार, २० भदौ, २०७७ बिहानको ०९:३६ बजे,
लिम्बुवान खबर
बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछाडी बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिले बाट १ कि.मी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ । मगर मोटरसाइल सहित सडकमा लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् ।
हत्याकाे अभियुक्त भनिएका मनकुमार लिम्बु
शिवसताक्षी, झापा। झापा शिवसताक्षी न.पा. ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले सार्वजनिक गरेको छ ।
शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८ निवासी ३२ वर्षीय मनकुमार लिम्बुले हत्या गरेको जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरको हो । हत्या भएकै दिन लिम्बुलाई प्रहरीले पक्राउ गिर अनुसन्धान गरि रहेको थियो ।
मगरको हत्यामा प्रयोग गरिएको सामाग्री खोजी गरिँदै
मंगलबार बेलुका ६ ः३० बजे लिम्बुले फोन गरी मगरलाई भेट्न बोलाएको थिए । गोमनसिंह सोही समयमा (प्रदेश ०१–०१०१२ प ५२२५ नं.०) मोटरसाइकल लिएर घरबाट निकिस्कएक हुन् ।
बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछाडी बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिले बाट १ कि.मी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ ।
अभियुक्तले प्रयाेग गरेका छुरी र माेवाइल
मगर मोटरसाइल सहित सडकमा लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् । मगरले चलाएको मोटरसाईकललाई कोही कसैले नदेखोस भनी सडक देखि पुर्वपट्टी जंगलमा लगेर लडाई दिई पुनः मगरको गर्धनमा हतियार प्रहार गरी नालीमा फालेको अनुसन्धानबाट पुष्टि भएको हो ।
शवकाे प्रारभ्मीक अनुसन्धान गर्दै प्रहरी
मगरको रतुवामाई बन क्षेत्र भित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार शब् फेला परेको थियो ।
प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको शुक्रबार दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको थियो।
प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट निजहरु विच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबका कारण घटना घटेको जनाएको छ ।
लिम्बु र मगर बराइन बस्दा मिल्ने साथी हुन् । उनीहरु केही समय अघि नेपाल फर्किएका थिए ।
मगरको प्रयाेग गरेकाे मोटरसाइकल
थप अनुसन्धान गर्न पक्राउ परेका अभियुक्त मन कुमार लिम्बुलाई आइतबार सम्मानित झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने तयारी भईरहेको छ ।
निजले गरेको कसुर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ काे ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्म कैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...
दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...